चुनाव हारेपछि उम्मेदवारका समर्थकले पूर्व जिल्ला सभापतिको घरमा नारावाजी र तोडफोड
पाेखरा | मंसिर ८, २०७९
पोखराः कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् ।
कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

